site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राज्यमन्त्री तामाङको प्रस्ताव– अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गरौँ

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्न माग गरेका छन् । 

विधेयकमा संशोधनसमेत हालेका मन्त्री तमाङले राज्य व्यवस्था समितिको बैठकमा बेनामी उजुरीले दुःख मात्र दिएको बताए । “मैले जनताले दुःख नपाउन् भनेर संशोधन हालेको हो । मैले अख्तियार आयोग नहुँदै विशेष प्रहरी हुँदैदेखि दुःख पाएँ, अहिलेसम्म पाएको छु,” भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी विधेयकमाथिको छलफलमा राज्यमन्त्री तामाङले भने, “त्यसैले मैले यो विधेयकमा संशोधन हालेको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेनामे उजुरीकै कारण कर्मचारीदेखि व्यवसायीसम्मले दुःख पाइरहेको उनको बुझाई छ । “अहिले कर्मचारी, जनता, व्यापारी सबैले दुःख पाएका छन् । जो मान्छेले उजुरी गर्छ, उसको नागरिकताको फोटोकपी मात्र अनिवार्य गरे ७० प्रतिशत अख्तियारमा उजुरी घट्छ,” तमाङले भने, “वेनामी उजुरी दिन मिल्ने भएर उजुरी बढेको हो । हामीले कति मुद्दा बोकेर हिड्ने ? कहिलेसम्म भोग्ने ?”

वेनामे उजुरीले अख्तियारका कर्मचारी पनि दिक्क भएको भन्दै राज्यमन्त्री तामाङले आफू स्वयंले पनि धेरै दुःख पाएको बताए । राज्यमन्त्री तामाङले हात जोड्दै भने, “दश औँला जोडेर अनुरोध गर्छु, नागरिकताको फोटोकपी अनिवार्य गरौँ । यसमा सहयोग गर्दिनुस् ।”
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्