site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

काठमाडौं । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले  राहदानी लिएका छन् । 

दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली संगठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य संख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो । 

उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका संख्या ठूलो छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो । 

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्