site stats
बाह्रखरी :: Baahrakhari
देश
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड कालोपत्र हुँदै

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ ।  

हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दश किलोमिटरमा सिंगल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भने ।

लोकमार्गअन्तर्गत बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजारबाहेक अन्य स्थानमा चार वर्षअघि नै कालोपत्र भएको हो । 

यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए । रासस

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्