site stats
बाह्रखरी :: Baahrakhari
खेल
विराटनगर किंग्सले एनपीएलकाे उपाधि जिते ३० लाख पुरस्कार दिने कोसी सरकारको घोषणा 

विराटनगर । कोसी प्रदेश सरकारले विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जिते ३० लाख नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । विराटनगर किंग्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा नगद पुरस्कार दिने घोषणा गरे ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपीएलका लागि कोसी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै  क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे । “खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार छ,” मुख्यमन्त्री कार्कीले भने, “आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।” 

विराटनगर किंग्सको मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्