site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको बयान सुरु
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै उजुरी परेपछि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराध अधिकारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत बयान लिइएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको बयानका लागि उनलाई बिहीबार साँझ पोखराबाट काठमाडाैं ल्याइएको थियो । यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग समेत प्रहरीले बयान लिइसकेको छ ।

स्वर्णलक्ष्मीकै बयानका लागि कुमार रम्तेललाई पनि काठमाडौंमा ल्याएर बयान लिइएको थियो । उनीहरू दुबैलाई प्रहरीले पोखरा फर्काइसकेको छ ।

स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्