site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेको बयान : शुक्रबार बिहान साढे ९ देखि दिउँसाे ३ बजेसम्म, अब निरन्तर
फाइल तस्बिर ।

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी तथा बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शुक्रबारको बयान करिब ६ घण्टा चलेको छ ।

जिल्ला महान्यायाधिवक्ता कार्यालय काठमाडौंको माइतीघरस्थित कार्यालयमा बिहान ९ः३० बजे सुरु भएको बयान दिउँसो ३ बजे सकिएको हो । जिल्ला महान्यायाधिवक्ता कार्यालयको अधिकारीको रोहबरमा सभापति लामिछानेको बयान प्रहरीले गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यलयका एक अधिकारीका अनुसार प्रहरीको ल्यापटपमा तयार पारिएका प्रश्नहरू बयानका क्रममा रविलाई सोधिएको छ । “कतिपय प्रश्नहरू अघिल्लो प्रश्नको उत्तरका कारण नै रिप्लेस हुन्छन् । कतिपय आरोपीको जवाफका आधारमा थपिन्छन् । त्यसकारण यतिवटा प्रश्न छन् वा हुन्छन् भन्ने अवस्था रहँदैन,” जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले बाह्रखरीसँग भने, “आवश्यक प्रश्नको उत्तर नसकिँदासम्म बयान जारी रहन्छ ।”

उनले शुक्रबार बिहान ९ः३० बजे नै कार्यालयमा सुरु भएको बयान दिउँसो ३ बजे सकिएको जानकारी दिए । भोलि शनिबार परेकाले आइतबार रविको बयान हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्