site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान गायब

मकवानपुर । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँबराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठित छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएको हो ।

प्राधिकरणले केन्द्रीयस्तरमा गठित छानबिन समितिले सात करोड रुपैयाँबराबरका सामान हराएका प्रतिवेदन दिएको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेटौँडास्थित जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामग्री नपाइएपछि हराएको वास्तविकता सार्वजनिक भएको हो । “खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्,” महाशाखा प्रमुख झाले भने, “अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो । तर, सात करोडबराबरका सामान अझै गायब छन् ।”

तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्