site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । प्रोस्टेटको सफल उपचारपश्चात् उनी डिस्चार्ज भएका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रपति पौडेल यही मंसिर १९ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

“सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू, अस्पतालका अन्य कर्मचारीहरूलगायत स्वदेश तथा विदेशमा रही उहाँको स्वास्थ्यलाभको कामना गर्ने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्