site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कतारस्थित सिरियाली दूतावासले मनायो देशको ‘स्वतन्त्रता’

काठमाडौं । कतारको दोहास्थित सिरियाली दूतावासले देश स्वतन्त्र भएको जनाउँदै खुसीयाली मनाएको छ । 

दोहास्थित सिरियाली दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “स्वतन्त्रताको बिहानी उदय भएको छ र सिरिया तानाशाहबाट मुक्त भएको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आइतबार बिहान राजधानी दमास्कस कब्जा गरेको दाबी गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेपछि दूतावासले स्वतन्त्रताको खुसीयाली मनाएको हो । 

“मानव मर्यादा र राष्ट्रको स्रोतलाई खलल पुर्‍याउने गम्भीर अपराधका दोषीहरूलाई बुझाउन अस्वीकार गर्दै हाम्रा जनताले दशकौँसम्म अकथनीय अन्याय सहेका छन्,” दूतावासले भनेको छ ।

जनताले अब सबै सिरियालीहरूको मातृभूमि हुनेगरी देशको पुनर्निर्माण गर्ने विज्ञप्तिमा उल्लेख छ । 

“हामी यो सन्देश हाम्रा सबै मानिसहरूलाई दिन चाहन्छौँ– हाम्रो अगाडिको बाटो लामो र चुनौतीपूर्ण छ । हामीले आफ्नो देशको पुनर्निर्माण गर्न एक अर्कासँग हातेमालो गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ । 

एचटीएएस राजधानी दमास्कस प्रवेश गरेको केहीक्षणमा नै सिरियाका राष्ट्रपति बसर अल–असदले देश छोडेर भागेको दाबी विद्रोही समूहले गरेको छ । तर असद कहाँ गए भन्ने कसैले भन्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्