site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा वर्षासँगै हिमपात

बाजुरा । बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षासँगै लेकाली भेगमा हिमपात भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।

हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, गौमुलका दहकोट, मानाकोट, बूढीनन्दाका कुरु, पाण्डुसैन, खप्तड छेडेदहका काँडा, जयवागेश्वरी, बडीमालिकाका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।

यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दहडाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताए ।

वर्षासँगै हिमपात हुँदा कृषक खुसी भएका छन् । गहुँबालीमा पानी नपर्दा सुक्न थालेका बेला वर्षा भएपछि किसानलाई राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्