site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरिँदै छ : रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा भिडले नभएर कानुनले शासन गर्ने बताएका छन् । पछिल्लो समय सरकारी कार्यालयमा भिड जम्मा गरेर आपराधिक घटनालाई प्रभावित पार्ने प्रयास भइरहेको उनको भनाइ छ ।

गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज रूपन्देहीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले भने, “आपराधिक घटनालाई प्रभावित पार्न सरकारी कार्यालयमा भिड जम्मा गरेर प्रभावित पार्ने प्रयास भइरहेका छन्, तिनलाई नियन्त्रण गर्न आवश्यक छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संविधानको सुरक्षा, सुदृढीकरण र कार्यान्वयन अहिलेको सरकारको राष्ट्रिय एजेन्डा भएको बताए । “वर्तमान संविधानलाई असफल हुन दिने छुट हामीलाई छैन,” उनले भाे, “अबको एजेन्डा संविधानको सही कार्यान्वयनसहित दीगो शान्ति, सुशासन, विकास र समृद्धि हो, शान्ति, सुशासन, विकास र समृद्धिका लागि दिगो शान्ति जरुरी छ ।”

उनले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा खलबलिने बित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्ति सुरक्षा खलबलिने गरी नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य नहुने बताए ।

“कानुनको सीमाभित्र रहेर लोकतन्त्रमा आलोचना गर्न पाइन्छ,” उनले भने ।

आर्थिक, वित्तीय अपराधका घटना बढेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी ढंगले काम गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्