site stats
बाह्रखरी :: Baahrakhari
विदेश
श्रीलंकाली राष्ट्रपति किन जाँदै छन् चीन ? 
फाइल तस्बिर ।

कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके आगामी जनवरीमा चीनको भ्रमणमा जाने भएका छन् । दुईपक्षीय सम्बन्ध विस्तारका लागि  उनी चीन जान लागेको एएफपीले जनाएको छ । 

कोलम्बोमा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएको सन् २०२२ को आर्थिक मन्दीको समयमा श्रीलंकाको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा चीनले ओगटेको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको उद्धार प्याकेज प्राप्त गरेपछि र सरकारको बिग्रिएको वित्तीय अवस्थालाई सुधार गर्ने उद्देश्यले मितव्ययिता सुधार लागु गरेपछि यहाँको अर्थतन्त्रमा बिस्तारै सुधारको संकेत आउन थालेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वामपन्थी नेता दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धताका साथ गत सेप्टेम्बरमा सत्तामा आएका थिए । मध्यावधि संसदीय चुनावमा आफ्नो पार्टीले भारी मतान्तरले विजय हासिल गरेपछि उनले नागरिकसामु निर्वाचनका समय गरेका आफ्ना प्रतिबद्धता पूरा गर्न छिमेकी मुलुकह भ्रमण गर्दै कूटनीतिक सम्बन्धलाई थप कसिलो बनाउने अभियान सुरु गरेका छन् । 

उनले यसै महिना भारतको भ्रमण गरिसकेका छन् । राष्ट्रप्रमुखको रूपमा दिसानायकेको पहिलो विदेश भ्रमण छिमेकी देश भारतमा भएको थियो । उनलाई डिसेम्बर १६ मा भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । 
 
क्षेत्रीय पावरहाउस हिन्द महासागर क्षेत्रमा प्रभाव जमाउन भारतले चीनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।

श्रीलंका विश्वको सबैभन्दा व्यस्त समुद्री ढुवानी मार्गका लागि महत्वपूर्ण मानिन्छ । यो मार्गले मध्य पूर्व र पूर्वी एसियालाई जोड्छ, यसको समुद्री सम्पत्तिलाई रणनीतिक महत्वका साथ हेरिन्छ । 

नयाँ दिल्लीले श्रीलंकामा बेइजिङको बढ्दो पकडलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ, जसलाई उसले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको देख्छ ।

फिच रेटिङ्सले शुक्रबार श्रीलंकाको दीर्घकालीन विदेशी मुद्रा जारी गर्ने ‘डिफल्ट रेटिङ’लाई सीसीसी प्लसमा अपग्रेड गरेको छ ।

फिचले भनेको छ, “ऋण पुनर्संरचनाले सरकारको ऋण सेवाको बोझ र तरलता जोखिमलाई कम गरेको छ, तर सामान्य सरकारी ऋण/कुल गार्हस्थ्य उत्पादन र ब्याजका साथै राजस्व अनुपात मध्यम अवधिमा उच्च रहने सम्भावना रहेको यसले उल्लेख गरेको छ ।” 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्