site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्युनिसियामा डुंगा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिस, ट्युनिसिया । मध्य ट्युनिसियामा दुई डुंगा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा उद्धार गरिएका उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स सहरका रहेको नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिए । ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान विन्दु हो । ट्युनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रबासी संख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ ।

प्रत्येक वर्ष, दशौँ हजार मानिसहरू खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुंगाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ ।

गत डिसेम्बर १८ मा सब–सहारा अफ्रिकाका कम्तीमा २० आप्रवासीको स्फ्याक्स सहरमा भएको डुंगा दुर्घटनामा परी मृत्यु भएको थियो भने अन्य पाँचजना बेपत्ता भएका थिए।

यसअघि डिसेम्बर १२ मा कोस्टगार्डले स्फ्याक्सको उत्तरमा रहेको जेबेनियाना नजिकै २७ जना अफ्रिकी आप्रवासीको उद्धार गरेको थियो ।

यस वर्षको सुरुदेखि नै ट्युनिसियाली मानव अधिकार समूह एफटीडीईएसले ट्युनिसियामा पानीजहाज दुर्घटनामा मारिएका वा बेपत्ता भएका ‘६०० देखि ७००’ आप्रवासीहरूको गणना गरेको छ। सन् २०२३ मा एक हजार ३०० भन्दा बढी आप्रवासीको हताहत (मृत्यु वा बेपत्ता) भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्