site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनपीएलले क्रिकेट क्षेत्रलाई स्वर्णिम युगतर्फ धकेल्यो : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाल प्रिमियर लिग (एनपीएल)को सफलतापछि क्रिकेट क्षेत्र स्वर्णिम युगतर्फ अघि बढेको बताएका छन् । 

पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस क्रिकेट टिमले गरेको डब्लूआरसी प्रिमियर लिगको उद्घाटन गर्न पुगेका महरले क्रिकेट लिगको सफलताले खेल क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिदिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“एनपीएल क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको छ,” महरले भने, “यस्ता लिग केन्द्रमा मात्र नभएर प्रादेशिक तहमा पनि आयोजना गरिनुपर्छ ।”

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्