site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राजेश खनालको ‘चिकित्साका चौध तारा’ लोकार्पित

काठमाडौं । बाह्रखरीकर्मी राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासले पुस्तक विमोचन गरेका हुन् ।

शनिबार चाबहिल, मित्रपार्कस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै १०१ वर्षीय डा. दासले खनालको यो पुस्तकले पहिलेका चिकित्सकले त्यो समयमा कसरी काम गरेका थिए भन्ने दर्साउने बताए । आफ्ना पुराना दिनहरूको सम्झना गर्दै उनले तिनताक बिरामीको उपचार कसरी गरिन्थ्यो भन्ने विषयमा बोले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृतिमा वरिष्ठ चिकित्सकहरूको जीवनी समेटिएको बताए । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले कृतिकार खनाल र पुस्तकको चर्चा गरे ।

काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष विमलकुमार होडा, समाजसेवी अरुणसिंह बस्नेत, लेखक खनाल र साहित्यकार देविका तिमिल्सिनाले बोलेका थिए ।

खनालको यो पुस्तकभित्र १४ वरिष्ठ चिकित्सकहरू डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितको व्यक्तिवृत्त समेटिएको छ ।

दुई अग्रज चिकित्सकहरू डा. अञ्जनीकुमार शर्मा र डा. बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरण समेत यसमा राखिएको छ । रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको यो पुस्तकको मूल्य ३९५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्