site stats
बाह्रखरी :: Baahrakhari
विदेश
वायु प्रदूषणका कारण बैंककका दुई सय विद्यालय बन्द

बैंकक । वायु प्रदूषणका कारण बैंककका करिब दुई सय विद्यालय बन्द भएका छन् । 

मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्यान्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । 

चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको धुवाँले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरूले बिदा दिएका हुन्। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको छ ।

पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

यसै साताको सुरुमा बैंककका अधिकारीहरूले पीएम २.५ को उच्च स्तर भएका क्षेत्रका विद्यालयहरू बन्द गर्न सकिने बताएका थिए।

बिहीबार बिहानसम्म बैंकक महानगरीय प्राधिकरण अन्तर्गतका ४३७ विद्यालयमध्ये १९४ विद्यालय बन्द भएका छन् । बन्दले हजारौँ विद्यार्थीको पठनपाठनलाई प्रभावित पारेको छ । 

राजधानीका अन्य दर्जनौँ विद्यालय महानगरको मातहतमा छैनन् र तथ्यांक पनि उपलब्ध छैन । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्