site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको चेतावनीमा रूसको प्रतिक्रिया : धम्कीमा केही नयाँ छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने चेतावनी दिएपछि रूसले प्रतिक्रिया दिएको छ ।

रूसले 'समान वार्ता र पारस्परिक सम्मानजनक संवाद'का लागि तयार रहेको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पको बयानपछि आएको हो, जसमा उनले रूसलाई चेतावनी दिएका थिए । उनले भनेका छन्, यदि मस्कोले युक्रनमा युद्ध रोकेन भने त्यसमाथि प्रतिबन्ध लगाइनेछ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, "हामी अझै आउन बाँकी संकेतहरूको पर्खाइमा छौँ ।"

उनले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला नपारेको बताए । उनले भने, "रूसले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला परेन ।"

बुधबार रूसका उपसंयुक्त राष्ट्र राजदूत दिमित्री पोल्यान्स्कीले भनेका थिए, "अर्को कदम चाल्नुअघि रूसले युद्ध अन्त्य गर्ने सम्झौतामा ट्रम्प के चाहन्छन् भन्ने कुरा जान्न चाहन्छ ।"

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्