site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आप्रवासीलाई फिर्ता पठाउनेबारे ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् ।

कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएको थिएन । आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको कोलम्बियाले बताएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोलम्बिया सरकारको यो कदमपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल सञ्जाल ट्रुथ सोसलको एक पोस्टमा भनेका छन्, “हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ । कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित अपराधीहरूलाई फिर्ता लिनुपर्छ ।” 

उनले अमेरिकाले कोलम्बियाका अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनीहरूको भिसा तत्काल रद्द गरिने उनले बताएका छन् । यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा पनि लागु हुनेछ । 

यसअघि ट्रम्पले भनेका थिए, “उनी कोलम्बियामा पनि २५ प्रतिशत ट्यारिफ लगाउनेछन् र एक साताभित्र यो ट्यारिफ बढेर ५० प्रतिशत पुग्न सक्छ ।” 

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा अमेरिकामा पनि २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । 

यसअघि आइतवार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “नागरिक विमानबाट हाम्रा नागरिकको फिर्ता स्वीकार हुनेछ । उनीहरूलाई अपराधी जस्तै व्यवहार गर्नु हुँदैन ।” आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता पठाउनुपर्ने बताएका छन् । बीबीसी

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्