site stats
बाह्रखरी :: Baahrakhari
कला
निफकोे राष्ट्रिय प्रतिस्पर्धामा ‘सानो संसार’  

काठमाडौं । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छनोट भएको छ । 

माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट छनोट भएका ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरिसकेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भूठान’का निर्माताले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि उक्त चलचित्रलाई महोत्सवबाट हटाइएको निफका अध्यक्ष केपी पाठकले बताएका छन् । 

‘सानो संसार’ छानिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निफ आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्