site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्चको दुई वर्षअघिको फैसला कार्यान्वयन गर्न माग गर्दै भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले दुई वर्षअघि नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

अन्यायमा पर्दै आएका ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले प्रदर्शन गर्नुपरेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनका केन्‍द्रीय अध्यक्ष पदमसुन्दर लिम्बूले बताए । 

सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएका गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसोले संघर्ष गर्दै आएको छ ।

ब्रिटिस गोर्खामाथि भएको विभेदको अन्त्य, त्रिपक्षीय सन्धिको मर्म र भावनानुसार समान पेन्सन, १९४७ को त्रिपक्षीय सन्धिको समयसापेक्ष परिमार्जन नभएसम्म ब्रिटिस सेनामा भर्तीप्रथा स्थगन वा रोक्नुपर्ने भन्दै बिगेसोले संघर्ष जारी राखेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्