site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उधारो सबैभन्दा ठूलो रोग, ऐन एक हप्तामा पारित गरौँ : स्वर्णिम वाग्ले 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले व्यावसायिक क्षेत्रमा उधारो असुलीको ठूलो समस्या रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले उधारो असुली ऐन एक सातामा पारित गर्ने भए आफूहरू प्रस्तावक बस्ने सुनाए ।

सरकारले समस्या समाधान गर्न चाहेको भए ‘जाम’ भएको अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा उनले जोड दिए । “उधारो अहिलेको ठूलो रोग हो । तीन/चार सय अर्बको उधारो, प्रेम आचार्यको म स्मरण गर्न चाहन्छु । मह र सेलरोटी बेच्ने, सुर्खेत र दैलेख इलेक्ट्रिक भेइकल चलाउने, निर्माण सामग्रीका सामान्य सिमेन्ट, छडका कुराहरूमा अड्किएर अर्थतन्त्रमा अहिले जाम भइरहेको छ । यसलाई खुकुलो बनाउनका लागि उधारो असुली ऐन – जसको प्रस्ताव अर्थ मन्त्रालय र उद्योग मन्त्रालयमा पनि छ, यो तुरुन्तै आओस्,” उनले भने, “राम्रो कामको हामी सपोर्ट गर्छौं । एक हप्तामा यसलाई पारित गरौँ, हामी नै प्रस्तावक बस्दिऊँला । सरकारले यस्ता अतिआवश्यक कुराहरू लिएर आउनुपर्‍यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तत्काल बजारलाई चलायमान बनाउन एक हप्ताभित्रै गर्न सकिने काम सात महिना बितिसक्दा समेत सरकारले नगरेको उनले बताए ।

लगानीजति जग्गामा गएर रोजगारी सिर्जना हुन नसकेको उनले टिप्पणी गरे । हाल व्यापक आर्थिक सुधारको ‘प्याकेज’ चाहिएकामा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्