site stats
बाह्रखरी :: Baahrakhari
खेल
महावीरको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले थर्ड आई युथ क्लबलाई हराएको छ । शनिबार मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा महावीरले थर्ड आई युथ क्लबविरुद्ध ६८ रनको जित निकालेको हो ।

महावीरले यसअसिघ ओएसिस क्रिकेट एकेडेमी र थर्ड आईले पुष्पलाल स्पोर्ट्स क्लबलाई पराजित गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महावीरले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा थर्ड आईले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ९३ रन बनाउन सक्यो । थर्ड आईका निम्ति सुगम बानियाँले २३, समाज पौडेलले १४ र कृष्ण थापाले १३ रन बनाए ।

महावीरका निम्ति यकेन्द्र बुढाऐर र सोनु देवकोटाले समान दुई विकेट लिए । प्रतिश जिसीले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको महावीरले  निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको थियो । महावीरका निम्ति सोनु देवकोटाले ३७ रन बनाए । मिलन थापाले ३४ र प्रतिश जिसीले अविजित २४ रन जोडे ।

थर्ड आईका निम्ति समाज पौडेलले दुई विकेट लिए । सौराज थापा र अभिषेक कार्कीले समान एक विकेट लिए ।

ओएसीसी विजयी
शनिबारै ओएसीसी क्रिकेट एकेडेमीले पुष्पलाल स्पोर्ट्स क्लबलाई ८३ रनले पराजित गरेको थियो । मूलपानीमै भएको खेलमा ओएसीसीले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पुष्पलालले १३.४ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

ओएसीसीबाट ब्याटिङमा राजु विक र सुबोध ढुंगेलले समान ३५ रन बनाए । रोशन पुलामी मगरले ३४ रन थपे ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्