site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कुम्भ मेलामा आज माघ पूर्णिमा स्नान, सुरक्षा व्यवस्था कडा

प्रयागराज । भारतको उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा माघ पूर्णिमा स्नान सुरु भएको छ । यसका लागि ठूलो संख्यामा भक्तजनहरू त्रिवेणी संगममा पुगिरहेका छन् ।

मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समाचार एजेन्सी एएनआईले अतिरिक्त मेला अधिकारी विवेक चतुर्वेदीलाई उदृत गर्दै आज मेलामा भक्तजनहरूको ठूलो भीड हुने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

“आज माघ पूर्णिमा स्नान हो । यसपालि मेलामा अनपेक्षित भीड भएको छ,” विवेक चतुर्वेदीले भने, “रातमा पनि भक्तजनहरू आउनेक्रम जारी रहन्छ । प्रशासनले यसको लागि पूर्ण तयारी गरेको छ ।”

चतुर्वेदीले जल प्रहरी घाटहरूमा तैनाथ रहेको बताए । वाच टावर निर्माण गरिएको र ट्राफिक डाइभर्सन पनि लागु गरिएको उनले जानकारी दिएका छन् । 

जनवरी २९ मा कुम्भका केही स्थानमा भागदौड मच्चिएको थियो । उक्त भागदौडमा थुप्रै भक्तजनको मृत्यु भएको थियो । उक्त घटना दोहोरिन नदिन प्रशासनले सतर्कता बढाएको छ । बीबीसी 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्