site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई यस्तो निर्देशन दिएको हो । 

तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका लेखापालले तीनजना विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमको एच पाठशालामा शिक्षकले यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, दक्षिणकाली काठमाडौंको जुनकिरी स्कुल तथा शंखरापुरमा एचएस एकेडेमीको बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि मन्त्रालयले प्रहरीलाई अनुरोध गरेको छ । 

सवारी साधनको मापदण्ड ‘स्कुल बस निर्देशिका २०४७’ अनुसार पालना गर्न मन्त्रालयको निर्देशन छ । साथै औचित्यका आधारमा मात्रै शैक्षिक भ्रमण, पिकनिकलगायत कार्यक्रम राख्न मन्त्रालयले अपिल गरेको छ ।

education-m-(2)_page-0001-1739517418.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्