site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी सेनामा राेकियाे तेस्रोलिंगीको भर्ती 

काठमाडौं । अमेरिकी सेनाले आफ्नो संगठनमा तेस्रोलिंगी (ट्रान्सजेन्डर) व्यक्तिको भर्ती रोकेको छ । अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएको छ । सेनाले यो आदेश तत्काल लागु भएको जनाएको छ । 

“अमेरिकी सेनाले अब तेस्रोलिंगी मानिसलाई सेनामा सामेल हुन अनुमति दिने छैन,” सेनाले भनेको छ, “सेनामा पहिले नै रहेकाहरूका लागि लिंग परिवर्तन प्रक्रियाहरू पनि बन्द गर्नेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प तेस्रोलिंगीप्रति कठोर मानिन्छन् । 

उनले राष्ट्रपतिमा नियुक्त भएलगत्तै अमेरिकामा दुई लिंग (महिला र पुरुष)मात्र अस्तित्वमा रहने बताएका थिए । राष्ट्रपतिको पदभार ग्रहण गर्नबित्तिकै उनले जन्मको समयमा लिंगको आधारमा लिंग पहिचान सीमित गर्ने आदेश जारी गरेका थिए । 

ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । तेस्रोलिंगी व्यक्तिहरूविरुद्ध भेदभाव र उनीहरूको संवैधानिक अधिकारको हनन भएको मुद्दामा उल्लेख छ । बीबीसी 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्