site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कुम्भ मेलामा जाँदै गरेका १० भक्तजनको दुर्घटनामा मृत्यु

काठमाडौं । भारतको प्रयागराजस्थित कुम्भ मेलामा जाँदै गरेका छत्तीसगढका दश भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । 

मृतक सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा रहेको बीबीसीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट श्रद्धालु लिएर प्रयागराजतर्फ जाँदै गरेको बोलेरो उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर बससँग ठोक्किएको थियो ।

प्रहरीका अनुसार बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा सवार १९ यात्रु घाइते भएका छन् । उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्