site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महाधिवेशन २०८२ मा सम्भव छैन : प्रवक्ता

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको बताएका छन् ।  

“पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन,” उनले भने, “तयारीका लागि केही समय थप गर्न सकिन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।


उनले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् । 

उनले भने, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।”

व्यक्तिवादी प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ ।

माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए । 

सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको उनले बताए । उनले भने, “पाँचवटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेकबाट पास हुन्छ ।” रासस

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्