site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सम्भावित कार्यसूचीमा उल्लेख छ, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची तय गरिएको छ ।

आजै दिउँसो १ बजेर १५ मिनेटमा राष्ट्रियसभा बैठक पनि बस्दै छ ।

सम्भावित कार्यसूची पढ्नोस्–

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्