site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अभिव्यक्ति र प्रेस स्वतन्त्रता खुम्च्याउने कुरा स्वीकार्य छैन : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले अभिव्यक्ति र प्रेस स्वतन्त्रता खुम्च्याउने कार्य स्वीकार्य नभएको बताएका छन् । नेपाल प्रेस युनियनका अध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मंगलबार नेता साउदले सरकारले ल्याएका अध्यादेश र विधेयकको आलोचना गरे ।  

“सामाजिक सञ्जालमा नियमन जरुरी छ । तर, अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने गरी आएको विधेयक स्वीकार्य छैन,” साउदले भने, “सरकारलाई संविधानको मौलिक हकको वाक स्वतन्त्रता अध्ययन गर्न आग्रह गर्छु ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अन्य विधेयक पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्ध रहेको बताए ।
  
“मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयकमार्फत प्रेस स्वतन्त्रतामा धावा बोल्ने काम भएको छ । यो किमार्थ स्वीकार्य छैन,” साउदले भने ।

उनले प्रधानमन्त्रीले अध्यादेशबाट मात्र समृद्धि आउँछ भन्ने भाष्य निर्माण गर्न खोजेको बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्