site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओडिसा राज्यका शिक्षण संस्थामा एनओसी दिन बन्द गर्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । नेपाल सरकारले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधान नगरेमा सो राज्यमा दिइँदै आएको अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने चेतावनी दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । सो विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात् नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ,’’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

उक्त घटनाका सम्बन्धमा मन्त्रालयले समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो । साथै सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत् सूचारु गराउने व्यवस्था मिलाउनका लागि मन्त्रालयले भारत सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । 

विषम परिस्थितिमा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीहरूलाई संयमता धारण गर्न मन्त्रालयले अपिल पनि गरेको छ ।

siksha-mantralaya-1739889953.jpg
 


 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्