site stats
बाह्रखरी :: Baahrakhari
देश
भट्टराई एआईजीमा बढुवा सिफारिस
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल प्रहरीका डीआईजी (प्रहरी नायब महानिरीक्षक) जनक भट्टराईलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवा सिफारिस गरिएको छ । आइतबार (फागुन ११) बिहान बसेको बढुवा समितिको बैठकबाट एआईजीमा उनको नाम सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

“नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक)मा बढुवा गर्न मिति २०८१।११।११ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार देहायबमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,” बढुवा समितिको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बढुवा सिफारिस गरिएका भट्टराई हाल सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख छन् । अब मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गर्छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्