site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूलीमा हराएका भारतीय सेनामा कार्यरत रानाको शव फेला 

काठमाडौं । गत फागुन २ गते चितवनको इच्छाकामनामा पुलबाट त्रिशूली नदीमा मोटरसाइकलसहित खसेका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले नौ दिनपछि फेला पारेको छ । 

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते बिहान करिब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परी हराइरहेका रानाको शव आज आइतबार फेला परेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमान्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले उनको शव आइतबार बिहान ९ः२५ बजे फेला पारी नदीबाट बाहिर निकालेको हो । 

उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौं जान हिँडेको परिवारका सदस्यहरूले बताएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्