site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थिति हुन सांसदलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले मंगलबार पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएका हुन् । सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, भोलि १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गर्न थालिएको अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुने निर्देशन गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्