site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारीको बचतको सीमा १५ लाख कायम गर्नुपर्छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले सहकारीमा राखिने बचतको सीमा १५ लाख रुपैयाँ राख्नुपर्ने बताएकी छिन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद कार्कीले सहकारीको कार्यक्षेत्र र बचतको सीमा बढी राखिएकोले त्यो स्वीकार नहुने बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दफा ५२ ले सहकारीहरूको कार्यक्षेत्र तोक्ने नाममा १५ लाखमै सीमित गर्नुपर्नेमा ५० लाखको अत्यधिक बचत सीमाको अधिकार दिएर बचत तथा ऋण सहकारीलाई देशभर नियमनभन्दा अनियमिततालाई संस्थागत गर्न खोजिएको छ,” सांसद कार्कीले भनिन् ।

सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गर्न नसक्ने उनले बताइन् । प्राधिकरणलाई सरकारले हातखुट्टा बाँधेर राखेको कार्कीको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्