site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर, प्रतिनिधिसभाको कार्यसूचीमा के छ ? 

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेस गर्ने कार्यसूची छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर पनि कार्यसूचीमा छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० को छैठौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ  कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्