site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने विद्यालयलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न/नगराउन आग्रह गरेको छ । 

कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगर कार्यालयमा आएको भन्दै नियमावली विपरीत विद्यार्थी भर्ना नगराउन सचेत गराएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने भन्दै विद्यालयहरूलाई सचेत गराएको हो । 

महानगरले कसैले नियमावली विपरीत विद्यार्थी भर्ना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्