site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक अस्थिरताका कारण जनता थकित भइसके : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले राजनीतिक अस्थिरता जनताका लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए ।

हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको उनको भनाइ छ । उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगविलास गरिरहेको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै उनले पाँच वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताए ।

"हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले बेहोर्नुपर्ने, हामीले रखडा गरेको राजस्वबाट सरकारमा बसेको सानो हिस्साले भोगविलास गर्ने टाइपको बन्यो । यसले आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ," उनले भने ।

महासचिव विप्लवले संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्