site stats
बाह्रखरी :: Baahrakhari
कला
पहिलोपटक स्टेडियम शो गर्दै दुर्गेश, १५ हजार दर्शकमाझ प्रस्तुति दिँदै 
फाइल तस्बिर । 

काठमाडौं । कलाकार दुर्गेश थापाले पहिलोपटक स्टेडियम शो गर्ने भएका छन् । दशरथ रंगशालामा दुर्गेशले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेका हुन् । 

नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउनेछन् । “सुपर लिगको ओपनिङमा गीत गाउने कार्यक्रम छ । यो मेरो पहिलो स्टेडियम शो हुनेछ,” दुर्गेश बाह्रखरीसँग भन्छन्, “स्टेजमा थुप्रै प्रस्तुति दिइयो, यो भने पहिलो स्टेडियम शो हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केही नयाँ अनुभव हुने अपेक्षा रहेको उनले बताएका छन् । ‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले १५ हजारभन्दा रहेका दर्शकमाझ गीत गाउनेछन् । 

दुर्गेशको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ चर्चित भएपछि अहिले उनी मेलामहोत्सव तथा स्टेज कार्यक्रममा व्यस्त छन् । 


 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्