site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग भएको भन्दै नेवि संघको ध्यानाकर्षण 

काठमाडौं । नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यालयको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर समेत दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेवि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै लेटर प्याडलगायत दुरुपयोग गरी केन्द्रीय सदस्य तथा विभिन्न क्याम्पस इकाई अध्यक्ष मनोनयन गरेकोमा आपत्ति जनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिक्त स्थानमा मनोनयन गरिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा क्याम्पस इकाइ समितिका अध्यक्षहरूको जिम्मेवारीबारे चाँडै आधिकारिक सूचना प्रकाशित गरिने जनाएको छ । 

“संघलाई बदनाम गर्ने मनसायले विभिन्न प्रविधिको प्रयोग गरी संघको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,” मुख्य सचिव विजय खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दौरान तत्कालीन आवश्यकतालाई मध्यनजर गरी रिक्त भएका इकाइ तथा केन्द्रीय सदस्य पदमा गरिएको मनोनयनसम्बन्धी आधिकारिक सूचना संघको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत मात्र सार्वजनिक गरिने भन्दै भ्रामक सूचनामा नपर्न संघले सबैमा आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्