site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
निष्पक्ष भएर कलम चलाउनुपर्छ : राजदूत यादव

सिड्नी । अस्ट्रेलियाका निम्ति नेपाली राजदूत चित्रलेखा यादवले सञ्चारकर्मीले पेसाको मान र सान राख्न निष्पक्ष भएर कलम चलाउनु जरुरी रहेको बताएकी छन् । अस्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको नेपालीद्वारा सञ्चालित वचन न्युज अनलाइनको पहिलो वार्षिकोत्सव कार्यक्रममा उनले यसले समुदाय जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।

उनले विदेशमा पनि नेपाली मिडियाले आफ्नो कर्म र धर्ममा अग्रणी भूमिका निर्वाह गरेको भन्दै कृतज्ञता प्रकट गरिन् । वचन न्युज टिमले नेपाली समुदायका अगुवालाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रूपमा परिचित नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोर्क्र्याटिक फोरमका पूर्वअध्यक्ष अजय सिवाकोटी, क्रिकेट प्रशिक्षक जगत टमाटालगायत व्यक्तिलाई सम्मान गरिएको थियो । राजदूत यादवले उनीहरूलाई सम्मानप्रत्र प्रदान गरिन् ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पत्रकारिता समाजको महत्त्वपूर्ण अंग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्न नहुने धारणा राखे ।

नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले पत्रकारिता सत्यतथ्यमा आधारित र निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वको सम्मान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको वचन न्युजका प्रधानसम्पादक जीवन रायमाझीले बताए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्