site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पीपीए खुला र डिमान्ड छुटको कार्यान्वयन नगर्न प्राधिकरण कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पहिलो निर्णयलाई नै प्राधिकरणका कर्मचारी संगठनले विरोध गरेका छन् । शाक्य आएलगत्तै पीपीए खुला, डिमान्ड शुल्कमा छुट लगायतको निर्णय गरेपछि प्राधिकरणको कर्मचारी संगठनले विरोध गरेका हुन् ।

कार्यकारी निर्देशक शाक्यले पदभार सम्हालेलगत्तै बसेको बोर्ड बैठकले ४८ सय मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एक विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनले २० युनिटसम्म खपत गर्ने घरेलु ग्राहकहरूलाई डिमान्ड शुल्कबापत लाग्ने रकममा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

सरकारले कोटा निर्धारण गरी लेऊ वा तिर ‘टेक अर पे’ प्रावधानमा न्यूनीकरणको नीति बनाएर जानुपर्नेमा वित्तीय जोखिमको ख्यालै नगरी पीपीए खोलेकोप्रति प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तै, २० युनिटसम्म खपत गर्ने घरेलु ग्राहकहरूलाई डिमान्ड शुल्कबापत लाग्ने रकममा ५० प्रतिशत छुट दिने निर्णयप्रति समेत आपत्ति जनाएका छन् । सरकारको सोधभर्ना सुनिश्चितता नभएसम्म कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्