site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
थाइल्यान्डबाट उद्धार गरेर पाँचजनालाई नेपाल फर्काइयो
तस्बिर : नेसनल ज्याेग्राफिक

काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँ अलपत्र परेका पाँचजना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । क्यानडा पठाउने भनी थाइल्यान्ड लगी अलपत्र पारिएका उनीहरूलाई दूतावासले शुक्रबार नेपाल पठाएको हो ।

“क्यानाडाको भिसा लगाइदिने भनी थाइल्यान्ड ल्याई राहदानी आफैँसँग लिई बिचौलियाले अलपत्र पारेका चारजना पुरुष तथा एक महिला गरी पाँच नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी  चैत १५ गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले वैदेशिक रोजगारीमा नआउन र यस प्रकारको प्रलोभनमा नपर्न पनि दूतावासले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्