site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उच्चस्तरीय छानबिन आयोग गठन गर्न जसपा नेपालको माग 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले तीनकुने क्षेत्रमा भएको तोडफोड र हिंसाको उच्चस्तरीय उच्चस्तरीय न्यायिक छानबीन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ । 

पार्टी प्रवक्ता मनिष सुमनले विज्ञप्तिमार्फत शुक्रबारको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“काठमाडौंको कोटेश्वर, जडीबुटी, तीनकुनेलगायत स्थानमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गरिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता घटनामा संलग्न रहेका दोषि वा जिम्मेवार व्यक्तिलाई कानुन बमोजिम दण्डसजाय दिलाउनु पर्छ ।” 

जसपा नेपालले कुनै पनि वाहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने जनाएको छ । “यस्ता गैरराजनीतिक एवं अपाराधिक हिंस्रक क्रियाकलापको जनता समाजवादी पार्टी, नेपाल घोर निन्दा गर्छ,” विज्ञप्तिमा उल्लेख छ, “सरकार शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधि रोक्न असफल र असक्षम सावित भएको छ ।” 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्