site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– तेस्रो कार्यकाल राष्ट्रपति हुने उपायबारे विचार गरिरहेको छु 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकाल पनि अमेरिकी राष्ट्रपति बनेर देशको सेवा गर्नेबारे विचार गरिरहेको बताएका छन् । 

अमेरिकी संविधानअनुसार एक व्यक्ति दुईपटकमात्र राष्ट्रपति हुनसक्छ । राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल हो । उनको दोस्रो कार्यकाल सन् २०२९ को सुरुमा समाप्त हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति ट्रम्पले आफ्नो निजी गल्फ क्लब फ्लोरिडाको मार–ए–लागोबाट एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा भने, “मैले मजाक गरेको होइन, त्यहाँ केही उपायहरू छन् जसअनुसार योजनालाई सफल पार्न सकिन्छ ।”

राष्ट्रपति ट्रम्पको भनाइअनुसार तेस्रो कार्यकाल सम्बन्धी संवैधानिक बाधालाई हटाउने उपायबारे उनले विचार गरिरहेको स्पष्ट संकेत दिएको एसोसिएटेड प्रेसले जनाएको छ । 

यसअघि उनले फ्लोरिडाबाट वाशिंगटन डीसी जाँदै गर्दा एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूलाई धेरै व्यक्तिहरूले मलाई तेस्रो कार्यकाल लिन भनेको बताएका थिए । तर, आफ्नो दोस्रो कार्यकालको अवधि अझै लामो समय बाँकी रहेकाले तेस्रो कार्यकालको बारेमा धेरै कुरा नगर्ने बताएका थिए ।

अमेरिकाको संविधानको २२औँ संशोधनले अमेरिकामा राष्ट्रपतिको कार्यकाल दुई पटकमा सीमित गरेको हो । यो संसोधन सन् १९५१ मा फ्रान्कलिन डी. रुजवेल्ट  लगातार चारपटक राष्ट्रपति निर्वाचित भएपछि गरिएको थियो । एसोसिएटेड प्रेस
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्