site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अरुणको नेतृत्वमा अर्बन नेपाली समाज

सिड्नी । नेपालीहरूको निकै बाक्लो बस्ती रहेको अस्ट्रेलियाको अर्बन क्षेत्रमा बसोवास गर्दै आएका नेपाली समुदायको साझा संस्था ‘अर्बन नेपाली समाज’को साधारणसभाले अरुण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

दुईवर्षे कार्यकालका लागि भएको निर्वाचनमा उद्धव पोखरेललाई पराजित गर्दै अरुण श्रेष्ठ अध्यक्ष चुनिएका हुन् ।

यस्तै, साधारणसभाबाट उपाध्यक्षमा हेमन लमिछाने, महिला उपाध्यक्षमा सहनशीला श्रेष्ठ, सचिवमा वसन्त पाण्डे, कोषाध्यक्षमा जनक प्रधान निर्वाचित भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी कार्यकारी सदस्यहरूमा सुरज बुढाथोकी, सकिना थापा, नवराज तिमिल्सिना, श्रीधर आचार्य, रिवाज मैनाली, युवराज घिमिरे, पुजन गड्तौला, नवीन चौलागाईं, विमर्श पाण्डे, विवेक ओझा र क्रिसम खड्का चयन भएका छन् । 

त्यस्तै, ठाकुर पोखरेल, ज्वलन्त खतिवडा, सौगात पौडेल, बाबुराम सुनार, सन्दीप घिमिरे, दीपेन्द्र भट्ट, सञ्जय शाही, गंगाराम खत्री, मोहन श्रेष्ठ, नवीन केसी र प्रशान्त पोखरेल पनि कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।

महासचिवमा भने प्राविधिक समस्या देखिएका कारण कार्य समितिले मनोनयन गर्ने गरी जिम्मा लगाइएको छ ।  

अर्बन पार्कमा सम्पन्न भएको कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, आईसीसी सदस्य डिल्ली ढकाल, एनआरएनका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्ष जितेन श्रेष्ठ, अशोक उप्रेती, रवीन्द्र शर्मा, निर्वाचन समितिका सदस्य रमेश रायमाझी, विपीन थापा, राजु गिरीलगायतले विजयीलाई प्रमाणपत्र वितरण गर्दै खादा र माला लगाएर बधाई ज्ञापन गरेका थिए ।

निर्वाचनपछि निवर्तमान अध्यक्ष जितेन्द्र श्रेष्ठले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण टिम तथा नेपाली समुदायलाई धन्यवाद ज्ञापन गर्दै नव–निर्वाचित अध्यक्ष अरुण श्रेष्ठलाई सबैलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे । 

उनले नयाँ नेतृत्वलाई पहिलेजस्तै साथ, सहयोग र समर्थन रहने आशा रहेको बताउँदै समुदायको हितमा अझ प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी, एनआरएनए अस्ट्रेलियाका क्षेत्रीय संयोजक दिनेश पोखरेलले अर्बन नेपाली समुदायसँग आफ्नो निरन्तरको सम्बन्ध रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियाबाट आएको नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए । 

निर्वाचन समितिका रमेश रायमाझीले निर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्