site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख घिमिरे उज्बेकिस्तान प्रस्थान, को छन् टोलीमा ?

काठमाडौं । सभामुख देवराज घिमिरे उज्बेकिस्तान प्रस्थान गरेका छन् । अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान राजधानी तास्केन्ट प्रस्थान गरेका हुन् ।

सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्बेकिस्तानतर्फ लागेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल छन् ।

सम्मेलन चैत २३ गतेदेखि २७ गतेसम्म तास्केन्टमा हुने तय भएको छ ।

अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले 'सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू' विषयमा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्