site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पका मन्त्रीले भने– स्वास्थ्य विभागमा २० प्रतिशत कर्मचारी कटौती गर्नु गलत भयो
तस्बिर : द वासिङ्टन पोस्ट ।

काठमाडौं । अमेरिकी स्वास्थ्य तथा मानव सेवामन्त्री रोबर्ट एफ. केनेडी जुनियरले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (सरकारी कार्यदक्षता विभाग)ले गरेको लगभग २० प्रतिशत कर्मचारी कटौती गलत भएको स्वीकार गरेका छन् । त्यसलाई सच्याउन आवश्यक रहेको उनले बताएका छन् ।

केनेडी र एलन मस्कको कार्यदल (टास्क फोर्स)ले स्वास्थ्य तथा मानव सेवा विभागको पुनर्गठनअन्तर्गत मंगलबार त्यहाँका लगभग १० हजार कर्मचारी बर्खास्त गरेको थियो । मन्त्री केनेडीले त्यसरी कर्मचारी कटौती गरेर गलत गरिएको स्वीकार गरेका सीबीसी न्युजले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भर्जिनियामा पत्रकारसँग कुरा गर्दै केनेडीले अगाडि भने, “कटौती गर्न नहुने कर्मचारीहरू कटौती गरिएको छ । हामी उनीहरूलाई पुनर्बहाली गर्दै छौँ । सरकारी कार्यदक्षता विभागको एक भागका रूपमा ८० प्रतिशत कर्मचारी कटौती गर्ने हाम्रो सुरुदेखिकैै योजना थियो । तर, हामीले गल्ती गर्ने भएकाले तीमध्ये २० प्रतिशत पुनर्बहाली गर्नुपर्ने हुनेछ ।”

मन्त्री केनेडीले रोग नियन्त्रण र प्रतिरोधक केन्द्रअन्तर्गतकोे सम्पूर्ण लेड प्वाइजनिङ प्रिभेन्सन र सरभिलेन्स शाखा खारेज गर्ने कार्य अर्को गल्ती भएको स्वीकार गरे ।

यसबाहेक केनेडीले खारेज गरिएका अरू कुन कार्यक्रमलाई पुनर्बहाली गर्ने योजना बनाएका छन् भन्ने विषय अझै स्पष्ट भएको छैन । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्