site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद

काठमाडौं । प्रहरीले ललितपुरबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गरेको छ । वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट उक्त लागुऔषध बरामद भएको हो । 

चैत २३ गते (आज) बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बीआर०५प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

एम्बुलेन्समा राखेर ल्याइएको ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न चारजनालाई पक्राउ गरिएको उनले जानकारी गराए । 

पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । भारतीय एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेका थिए । 

बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्