site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पसँग ५० भन्दा बढी देश आयात करमा वार्ता गर्न इच्छुक 

काठमाडौं । विश्वका ५० भन्दा बढी देश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आयात करका विषयमा प्रत्यक्ष वार्ता गर्न इच्छुक रहेका छन् । 

ट्रम्पले आफ्नो देशले निर्यात गर्ने वस्तुमा बढी आयात कर लगाउने राष्ट्रविरुद्ध आयात कर लगाएपछि ती ५० भन्दा बढी देशले अमेरिकासँग प्रत्यक्ष व्यापार वार्ता सुरु गर्ने इच्छा जाहेर गर्दै सम्पर्क गरेको ट्रम्प प्रशासनका अधिकारीहरूलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्प प्रशासनको आयात कर लगाउने घोषणासँगै गत हप्ता अमेरिकी सेयर बजारमा ६ ट्रिलियन डलरको गिरावट र विश्वब्यापी बजारमा व्यापक असर परेको छ । यसले विश्वव्यापीरूपमा हलचल पैदा गर्दै आर्थिक मन्दी ल्याउने आशंका पनि बढाएको छ ।

तर, ट्रम्प प्रशासनले यसले आगामी दिनमा आउनसक्ने नकारात्मक परिणामको सम्भावनालाई नकारेको छ ।
यसैबीच, आइतबार बिहानका विभिन्न अन्तर्वार्ताहरूमा ट्रम्पका प्रमुख आर्थिक सल्लाहकारहरूले आयात करलाई अमेरिकाको अन्तर्राष्ट्रिय व्यापारको अवस्था बलियो बनाउने रणनीतिक कदम भन्दै यसको बचाउ गरेका छन् ।

ट्रम्पका अर्थमन्त्री स्कट बेसेन्टले बुधबार आयात कर घोषणा गरिएदेखि ५० भन्दा बढी देशले अमेरिकासँग वार्ता सुरु गरिसकेको बताए । तर, सम्बन्धित देशहरूको नाम खुलाएनन् । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्