site stats
बाह्रखरी :: Baahrakhari
देश
गर्भवती अवस्थामा यी हुन् मधुमेहको जोखिम बढाउने तत्त्व

काठमाडौं । जोकोही महिलालाई गर्भवती अवस्थामा मधुमेह रोग लाग्न सक्छ । केही महिला मधुमेहको उच्च जोखिममा हुन्छन् ।

गर्भवती अवस्थामा मधुमेह रोग लाग्ने सम्भावना बढाउने तत्त्व धेरै हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केन्द्रका अनुसार, गर्भवती अवस्थामा मधुमेहको जोखिम बढाउने तत्त्व यी हुन्–
१. २५ वर्षभन्दा बढी उमेरमा गर्भवती हुनु 
२. गर्भवती हुनुभन्दा पहिले नै बढी तौल हुनु 
३. मधुमेह रोग भएको पारिवारिक पृष्ठभूमि हुनु 
४. पहिले पनि रगतमा चिनीको मात्रा बढी भएको हुनु
५. गर्भपतन वा मृत बच्चा जन्मने घटना बारम्बार हुनु वा विगतमा ठूलो बच्चा जन्माएको पृष्ठभूमि हुनु 
६. डिम्बाशयसम्बन्धी रोग हुनु ।

“विलासी जीवनशैली (शारीरिक रूपले निष्क्रिय रहने), उच्च रक्तचाप र अन्य मुटुसम्बन्धी समस्याले पनि गर्भवती अवस्थामा मधुमेह रोग लाग्ने जोखिम बढाउँछ,” केन्द्रले भनेको छ, “त्यसैले सबै गर्भवती महिलाहरूलाई मधुमेह रोगको परीक्षण गराउनुपर्छ ।”

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्